नियम ८
सुरक्षण लेख जारी गर्ने
: १) नियम ७ बमोजिम पशुधन सुरक्षणको लागि प्राप्त विवरण कागजात जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा सदस्य संस्थाले त्यस्तो पशुधनको सुरक्षण लेख जारी गर्न »साढी दिनभित्र कोषमा पठाउनु पर्नेछ ।
"(२) उपनियम (१) बमोजिम विवरण प्राप्त भएमा कोषले आवश्यक जाँचबुझ गरी मनासिब देखिएमा नब्बे दिनभित्र त्यस्तो पशुधनको सुरक्षण लेख जारी गर्नु पर्नेछ। यसरी जारी भएको सुरक्षण लेख सदस्य संस्थालाई विद्युतीय माध्यमबाट समेत उपलब्ध गराउन
सकिनेछ। "
(३) उपनियम (२) बमोजिम सुरक्षण लेख जारी गर्दा कोषले प्रत्येक पशुधनको लागि अनुसूची-४ बमोजिम छुट्टाछुट्टै सुरक्षण लेख जारी गर्नु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम जारी गरिएको सुरक्षण लेखको एक प्रति कोषले सम्बन्धित सुरक्षणकर्तालाई र अर्को एक प्रति सम्बन्धित सदस्य संस्थालाई उपलब्ध गराउनु पर्नेछ ।
(५) कुनै त्रणीले नियम ५ को उपनियम (१) बमौजिम पैंतीस दिनभित्र पशुधनको स्वास्थ्य परीक्षण गराउन नसकेमा वा सदस्य संस्थाले उपनियम (१) बमोजिम तोकिएको अवधिभित्र सुरक्षण लेख जारी गर्नको लागि कोषमा विवरण पठाउन नसकेमा त्यस्तो क्रणी वा सदस्य संस्थाको अनुरोधमा प्रमुख कार्यकारी अधिकृतले स्वास्थ्य परीक्षण गराउन वा सुरक्षण लेख जारी गर्ने गरी विवरण पठाउन बढीमा पैंतीस दिनको अवधि थप गरिदिन सक्नेछ ।